१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ २९ आइतबार १०:०८:००
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

जिसस निर्वाचन : दार्चुलामा कांग्रेस र माओवादी गठबन्धन, एमाले एक्लै भिड्ने

Read Time : > 1 मिनेट
२०७९ जेठ २९ आइतबार १०:०८:००

सोमबार हुने जिल्ला समन्वय समिति निर्वाचनका लागि दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएका दुवै पार्टीबीच समन्वय समितिमा समेत गठबन्धन भएको हो । जिसस निर्वाचनमा एमाले एक्लै भिड्ने भएको छ ।

गठबन्धनअनुसार प्रमुखमा कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादीका अमरसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले प्रमुखसहित तीन सदस्य र माओवादीले उपप्रमुखसहित चार सदस्य पाउने सहमति भएको छ । तर, माओवादीबाट प्रमुख र उपप्रमुखमा बागी उम्मेदवारी दर्ता भएको छ । माओवादीका नेता एवं पूर्व समन्वय समिति उपप्रमुख कृष्णसिंह धामीले प्रमुख तथा पूर्व जिल्ला समन्वय समिति सदस्य पार्वती सिंहले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका हुन् । एमालेबाट प्रमुखमा पुरनसिंह बुढाथोकी र उपप्रमुखमा नारुन्ती तोलीगाई महताले उम्मेदवारी दर्ता गराएका छन् ।

समन्वय समिति सदस्यमा गठबन्धनका तर्फबाट खुला सदस्यतर्फ बलदेवसिंह ठगुन्ना, पुष्करसिंह धामी, खडकसिंह धामी, महिला सदस्यअन्तर्गत गोरी टमटा, सरस्वती सार्की र दलित सदस्यतर्फ कमल सुनारले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट खुला सदस्यतर्फ नरेन्द्रसिंह कुँवर, रमेशसिंह बोहरा, भुवनसिंह धामी, महिला सदस्यतर्फ पार्वती धामी, तुलसीदेवी डागा र अम्बिका नेपाली तथा दलित सदस्यतर्फ पार्वती पार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

समन्वय समितिको मतदाताका रूपमा नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । नौ स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । माओवादीसँग चार प्रमुख र दुई उपप्रमुखसहित ६ मतभार छ । नेपाली कांग्रेसले चारवटा स्थानीय तह जितेको छ । जिल्लामा गठबन्धनको स्पष्ट बहुमत रहेको छ । एमालेसँग पाँच प्रमुख र तीन उपप्रमुखसहित आठ मतभार छ । 

माओवादीले अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिका अध्यक्ष र मालिकार्जुन र व्याँस गाउँपालिका उपाध्यक्ष जितेको छ । कांग्रेसले अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिका उपाध्यक्ष जितेको छ । एमालेले महाकाली र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख, व्याँस, दुहुँ मालिकार्जुन गाउँपालिका अध्यक्ष र लेकम गाउँपालिका उपाध्यक्ष जितेको छ ।

समन्वय समितिको निर्वाचनअन्तर्गत आइतबार उम्मेदवार नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० जेठमा समन्वय समितिका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादीबाट बागी उम्मेदवार बनेका समन्वय प्रमुख कृष्णसिंह धामी हिमाल र पार्वती सिंह दुवैजनाको उम्मेदवारी खारेज गरेको छ । दुवैजनाको नाममा उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरेको हो । मनोनयनको जाँचबुझ तथा उजुरी सुनुवाइपछि दुवैजनाको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । माओवादीले आधिकारिक उम्मेदवारको सूची बुझाएपछि बागी उम्मेदवारी खारेज गरेको हो ।