मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ २६ बिहीबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखको जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २६ बिहीबार १७:३८:००

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आज बिहीबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका हुन् । समन्वय समितिको प्रमुखमा विजयी शाहीले १३ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फका उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले ९ मत मात्र प्राप्त गरिन् । यस्तै, जिसस उपप्रमुखमा एमालेका केशवबहादुर शाहीले ११ मत प्राप्त गरी विजयी भएका छन् । उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार शान्ति शाहीले १० मत मात्र प्राप्त गरिन् । 

११ स्थानीय तह रहेको दैलेखमा समन्वय समितिको निर्वाचनका लागि तीन दलले गठबन्धन गरेका थिए । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र  नेकपा (एकीकृत समाजवादी)  पार्टीको समन्वय समिति निर्वाचनका लागि बहुमत रहेको थियो । प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी २२ पदमा एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले २ र समाजवादीले  १ पदमा जित हात पारेका थिए ।