१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धनगढीमा अपांगता भएका दुई सय ९० जनालाई सहायता सामग्री वितरण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:oo:oo

धनगढी उपमहानगरपालिकाले नगरभित्र बसोवास गर्ने दुई सय ९० जना अपांगता  भएका व्यक्तिलाई निःशुल्क रूपमा सहायता सामग्री वितरण गर्ने भएको छ । अपांगता  भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्न उपमहानगरले नगरका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेको थियो । ती शिविरमा दुई सय ९० जनाले सहायता सामग्रीका लागि नापजाँच गराएका उपमहानगरले जनाएको छ ।

अपांगता भएका व्यक्तिलाई आवश्यक सामग्रीको पहिचान गर्न विभिन्न वडामा पाँचवटा शिविर सञ्चालन गरिएको उपमहानगरका महिला विकास अधिकृत पंकजा जोशीले जानकारी दिइन् । केही दिनमै सामग्री आइपुग्ने र सम्बन्धित लाभग्राहीलाई वितरण गरिने उनले बताइन् ।

धनगढी उपमहानगरले गत वर्ष पनि धनगढीका एक सय ७९ जना अपांगता भएका व्यक्तिलाई दुई सय पाँच प्रकारका सहायता सामग्री निःशुल्क वितरण गरेको थियो । गत वर्ष ३२ लाख रुपैयाँ खर्चेर ती सामग्री खरिद गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै, यस वर्ष अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गर्न सर्वांगीण अपांगता विकास समाज धनगढीसँग नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको महिला विकास अधिकृत जोशीले जानकारी दिइन् ।

यस वर्ष शारीरिक अपांगता भएका व्यक्तिलाई ह्विलचेयर, बैसाखी, चस्मालगायत वितरण गरिने उपमहानगरले जनाएको छ । त्यस्तै, श्रवण शक्ति नभएकालाई पनि सहायता सामग्री वितरण गर्ने तयारी छ ।  

ad
ad