Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ १८ बुधबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड उपचार केन्द्रमा बहिरंग उपचार सेवा सुरु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ १८ बुधबार १७:१८:००

प्रदेश १ सरकारले विराटनगरमा सञ्चालन गर्दै आएको कोसी कोभिड उपचार केन्द्रमा बहिरंग स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको छ । कोरोना संक्रमण शून्यमा झरेपछि खाली रहेको कोभिड उपचार केन्द्रलाई तत्काल प्रयोगमा ल्याउन र कोभिडको जोखिम कायमै रहेकोले अस्पताललाई सुरक्षित राखिराख्न प्रदेश १ सरकारले बहिरंग स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।  

कोरोना संक्रमण शून्य भएपछि प्रदेश सरकारले विराटनगरको मलाया रोडमा सञ्चालन गर्दै आएको कोभिड अस्पताल केन्द्र खाली हुन पुगेको थियो । कोभिड अस्पताललाई सुरक्षित राख्न तत्काल स्वास्थ्य उपचार सेवा सुचारु गराएको प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले बताए । मन्त्री यादवले बुधबार उपचार केन्द्रको उदघाटन गरेका छन् । 

बिरामीबिहीन हुन पुगेको कोभिड अस्पताल तत्काल उपचार सेवा केन्द्रका रूपमा रूपान्तरित भएपछि विराटनगर महानगरका दक्षिणी क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने भएको छ । आधुनिक ल्याब, एक्सरे र निःशुल्क औषधी र  विशेषज्ञ डाक्टरसहितको उपचार सेवा उपलब्ध हुने बताइएको छ ।