रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन् । यादवले ७ हजार ४ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ताहिर अलीले ६ हजार ४ सय ५८ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा राप्रपाकी उम्मेदवार शिवकान्ती चमार ६ हजार १ सय ५४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी जसपाकी रिमा मिश्राले ५ हजार ९ सय २ मत प्राप्त गरेकी छिन् ।