तीन दिनदेखि जारी स्थानीय तहको मत गणनामा सिन्धुपाल्चोकको अधिकांश वडा कांग्रेसले जितेको छ । हालसम्म घोषित ४३ मध्ये २५ मा कांग्रेसले जित निकालेको हो । एमालेले १२, माओवादीले पाँच र स्वतन्त्रले एक वडा जितेको छ ।
कांग्रेसले बाह्रबिसेमा पाँच, हेलम्बुमा पाँच, जुगलमा एक, इन्द्रावतीमा दुई, त्रिपुरामा दुई, चौतारा साँगाचोकगढीमा एक, बलेफीमा तीन, लिसंखुपाखरमा एक, सुनकोसीमा दुई, भोटेकोसीमा दुई र पाँचपोखरी थांपालमा एक गरी २५ वडा जितेको हो ।
एमालेले बाह्रबिसेमा एक, हेलम्बुमा दुई, जुगलमा दुई, इन्द्रावतीमा तीन, त्रिपुरामा एक र चौतारा साँगाचोकगढीमा तीन गरी १२ वडा जितेको छ । माओवादीले चौतारामा तीन, बलेफी एक र लिसंखुमा एक वडा जितेको छ ।
चौतारा साँगाचोकगढी एकमा माओवादीका युवलाल श्रेष्ठले कलम चिह्नबाट चुनाव जितेका हुन् । भोटेकोसी वडा नं. ३ मा लालटिन चिह्न लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार निमा सोना शेर्पाले जित हासिल गरेका छन् । १२ स्थानीय तहमा एक सय तीन वडा छन् । अधिकांशमा कांग्रेसले लिड गरिरहेको छ ।