नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७ हस्तान्तरण
०७८ को वरिष्ठ पत्रकार सम्मानबाट पत्रकारद्वय किशोर नेपाल र तारानाथ दाहाल सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवस– २०७९ का अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सम्मान गरेकी हुन् ।
यसैबीच, राष्ट्रपति भण्डारीले नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७ हस्तान्तरण गरेकी छिन् । कोरोना महामारीका कारण यो पुरस्कार एक वर्षपछि
हस्तान्तरण गरिएको हो । पुरस्कार राशि एक लाख रुपैयाँको छ । साथै, ६ जना पत्रकारले राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७८ प्राप्त गरेका छन् ।
यस्तै, चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । चलचित्र पत्रकार संघले ०७७ सालको चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई, चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।