मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Thursday, 19 December, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनको शक्ति देखेर ओली हतास भएका छन् : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार १४:३९:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिले पनि लोकतन्त्रको लडाइँ बाँकी रहेको बताएका छन्। मंगलबार नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले परिवर्तनहरू उल्ट्याउन भइरहेका षड्यन्त्रहरूविरुद्ध सजग हुनुपर्ने बताए।

‘अहिले पनि लोकतन्त्र सुनिश्चित भएको छैन। अहिले पनि लोकतन्त्रका लागि लड्ने लडाइँ बाँकी छ। त्यसो भएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरू, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरू, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरू र नेपाली जनताको भाग्यमाथि खेलबाड गर्ने षड्यन्त्रहरू, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरू सबैकोविरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ,’ नेता पौडेलले भने।

सत्तारुढ गठबन्धनबाट हतास भएर एमाले अध्यक्ष ओली प्रतिगामी र अवसरवादी तत्वहरूसँग हातेमालो गर्न पुगेको उनको आरोप छ। नेपालको परिवर्तनहरूलाई बचाएर देशलाई अग्रगामी बाटोमा रूपान्तरण गर्नका लागि गठबन्धन बनेको भन्दै उनले गठबन्धनका दलहरूले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरूसम्म एकताबद्ध भएर जानुपर्ने बताए।

‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामेका छन्। केपी ओली हतास भएका छन्। हतास अभिव्यक्ति दिइरहेका छन् र जस्ता तत्वसँग पनि हालेमालो गर्न पुगेका छन्,’ उनले भने, ‘यो भ्रष्ट तत्वहरू, प्रतिगामीहरू र अवसरवादीहरूसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्वको शरणमा पुगिरहेका छन् र एलायन्स गरिरहेका छन् ।’