मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Thursday, 19 December, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १२:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा चार वर्षमा ३५ सय टाइफाइडका विरामी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १२:o६:oo

जुम्लामा चार वर्षको अवधिमा तीन हजार ५ सयजना बढी टाइफाइड रोगले विरामी परेका छन्। दूषित पानी र खानेकुराबाट फैलिने टाइफाइडका बिरामी जुम्लामा बढ्दै गएको तथ्यांकले देखाएको छ। ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, आन्द्रामा समस्या आउने तथा समयमै उपचार नगरे ज्यानसमेत जाने टाइफाइड रोगबाट जोगाउन १५ महिनामाथि र १५ वर्ष मुनीका सबै बालबालिकालाई अनिवार्य खोपको पहुँचका ल्याइने छ।

जुम्लामा आ.व. २०७५/७६ मा ९७८ जना, आ.व. २०७६/७७ मा एक हजार १५८ जना, आ.व.२०७७/७८ मा ८७९ जना र चालु आवको ८ महिनामा ५९२ जना गरी चार वर्षमा तीन हजार ५९७ जना टाइफाइडका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ। 

४२ हजारलाई टाइफाइडको खोप
जुम्लाका ४२ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए। उनले भने, ‘पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुराउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ।’

टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग हो। चैत वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ। बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको उनले बताए।

चन्दननाथका आठ हजार ५७५, कनकासुन्दरीका चार हजार २६०, गुठिचौैरका दुई हजार ७०६, तातोपानीका पाँच हजार ३६८ बालबालिकालाई खोप लगाइने छ। त्यस्तै, तिलाका पाँच हजार ९६७, पातारासीका पाँच हजार ३०४, सिञ्जाका चार हजार ७७४ र हिमाका पाँच हजार ४६६ जना गरी १५ महिनादेखि ५ वर्ष मुनीका र ५ वर्षदेखि १५ वर्ष मुनीका ४२ हजार ४२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए।

जुम्ला प्रदेश (ख)मा चैत २५ देखि ३० र प्रदेश (क)मा २०७९ वैशाख २ देखि ७ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ।