१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाको उपाधि (फोटो फिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२६:oo

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ। दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए। केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पेवेलियन फर्काए। 

 


    
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो। नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले। उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे। यस्तै, करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे। आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए। 

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक–एक विकेट लिए।

एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी एक सय १८ रनमा समेटियो। पपुवा न्युगिनीका सेसे बाउले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए। चार्ल्स अमिनीले १५ रन बनाउनुबाहेक पपुवा न्युगिनीका अरू कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्। प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले  आठ–आठ रन मात्र बनाउन सके। 

बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दीप लामिछानेले समेत दुई विकेट लिए। ऐरीले निकै नै किफायती बलिङ गरे। उनले चार ओभरमा १८ रन मात्र खर्चिए। यस्तै केसीले तीन ओभरमा २७ तथा लामिछानेले चार ओभर बलिङ गर्दै २५ रन दिए। 

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–२० शृंखलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए। उनले प्रतियोगिता अवधिभर पाँच खेलमा दुई सय ५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए। ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए।

सबै तस्बिर : ज्ञानेन्द्र कार्की

 

 

ad
ad