मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १८ शुक्रबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १७:१२:oo

दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ। दुबईमा रहेको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उनी त्यहाँको जेलमा छन्।

जेलमा रहेका पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतिघर मण्डलामा प्रदर्शन गरेको हो। उनलाई जेल पुर्याउन युएईस्थित नेपाली दूतावास नै लागि परेको उनका आफन्तहरूको आरोप छ। युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ।