अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाकाे टाेली पर्साको जगरनाथपुर गाउँपालिकामा पुगेको छ। अख्तियारका ५–६ जनाको टोली गाउँपालिका कार्यालयमा पुगेको अख्तियार हेटौँडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए।
मंगलबार नयाँ पत्रिका दैनिकमा ‘कोरोना प्रभावित विपन्नको अनुदान रकम शिक्षक र स्वास्थ्यकर्मीको तलबदेखि कर्मचारीलाई सापटी दिनेसम्ममा दुरुपयोग’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार पुगेको हो।