मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ४ शुक्रबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत, वैशाख ११  र १२ मा उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ४ शुक्रबार १७:३९:००

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार ११  र १२ वैशाखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयमा गर्ने समय छ । मनोनयन दर्तापछि निर्वाचन अधिकृतको कार्यालयले १२ वैशाखको बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारहरूको सूची प्रकाशन गर्नुपर्नेछ । 

त्यसरी प्रकाशित भएको उम्मेदवारको विरोधमा १३ वैशाख बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उजुरी दिने समय तय भएको छ । त्यस्तो उजुरीउपर छानबिन गरी निर्णय लिने समय १४ र १५ वैशाखको बिहान १० बजेदेखि ५ बजेसम्म रहेको छ । त्यसैगरी मनोनयन दर्ता भएको उम्मेदवारको नामावली १५ वैशाख बिहान १० देखि बेलुका ५ बजेसम्म प्रकाशन गर्नुपर्छ । १६ वैशाख बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । सोही दिन नै बेलुका ५ देखि ६ बजेभित्रमा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नुपर्नेछ । 

वैशाख १७ गते बिहान १० देखि बेलुका ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । वैशाख ३० गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।