१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत २ बुधबार o८:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

सचेत बन्दै किशोरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार o८:१३:oo

चितवन रत्ननगरीकी रोनिशा घिमिरेकी एक साथीले सामाजिक सञ्जालकै कारण आत्महत्यासम्मको प्रयास गरेकी थिइन् । भारत घर भएका एक व्यक्ति र रोनिशाकी साथीबीच मोबाइल ग्याम फ्रिफायरबाट चिनजान भयो । पछि उनीहरू सामाजिक सञ्जालबाट प्रेमी–प्रेमिकाको रूपमा आत्मीय भए । यसबीचमा फेसबुकको पासपोर्टसँगै उनीहरूको गोप्य फोटोहरू पनि साटासाट भयो । तर, केटा उमेरले धेरै नै जेठो भएको र उसको यथार्थ थाहा पाएपछि उनीहरूबीच विवाद बढ्यो ।

भारतीय केटाले रोनिशाकी साथीलाई उसका आपत्तिजनक तस्बिरहरू सामाजिक सञ्जालमा हालिदिने, परिवारलाई भन्दिने भन्दै धम्की दियो । यही चिन्ताले उनी आत्महत्यासम्मको प्रयासमा पुगेकी थिइन् । उनको परिवारले उनलाई आत्महत्याबाट जोगायो । अस्पताल पुर्‍यायो । तर, उनको मानसिक चिन्ता अझै हटेन । साथी रोनिशासँग उनले आफ्नो समस्या सेयर गरेपछि भने त्यो तनाव सधैँको लागि हट्यो । रोनिशाले उक्त भारतीय केटासँग साइबरक्राइमको विषयमा जानकारी गराइन् । प्रहरीसम्म  यो विषय लिएर जाने भनेपछि  भारतीय पुरुष उनीहरूबाट टाढा भए ।

२२ वर्षकी सम्झना विश्वकर्माको घर कैलाली हो । उनी १४ वर्षको उमेरमा महिनावारी भएपछि उनी छाउगोठमा सुत्दै आएकी थिइन् । एक वर्ष भयो अहिले उनीसँगै उनका घरका कोही पनि महिनावारी हुँदा गोठमा सुत्दैनन् । उनले भनिन्, ‘अहिले आफ्नो साथीहरू र छिमेकीहरूलाई पनि गोठमा सुत्नुहुँदैन भनेर प्रेरित गर्दै आएकी छु ।’ 

सम्झना र रोनिशाले जस्तै २५ किशोरीहरू सौराहामा भएको पहिलो किशोरी राष्ट्रिय सम्मेलनमा आफ्नो क्षेत्रको समस्या र आफूहरूले गरेको कामको विषयमा जानकारी गराउँदै थिए । उनीहरूलाई  सूचना प्रविधि र  ज्ञानसँगै हौसला भने रिड नेपालद्वारा सञ्चालित प्रविधिमा आधारित किशोरी सशक्तीकरण (टेक एज गर्ल ) कार्यक्रमले दिएको हो । 

जसअन्तर्गत आवेदनका आधारमा सन् २०१९ अगस्टमा ६ जिल्लाका १० वटा सामुदायिक पुस्तकालयमार्फत सामुदायिक विद्यालयमा नाै देखि १२ कक्षामा पढ्ने विद्यार्थीहरू र पढाइ छाडेका  १३ देखि २२ वर्षका गरी जम्मा पाँच सयजना किशोरी छनोट गरिएको क्षेत्रीय संयोजक राजु चापागाईंले बताए । उनीहरूबाट दोस्रो चरणका लागि सन् २०२१ मार्चमा दुई सय ७० जना किशोरी छनाेट भए ।

यसमध्येबाट तीन महिनाअघि तेस्रो चरणको छनोट भएका चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, बर्दिया, कैलालीका १०  वटा सामुदायिक पुस्तकालयका २५ जना किशोरी चयन भए । चापागाईंका अनुसार पहिलो चरणमा सूचना तथा प्रविधिसम्बन्धी ज्ञान, दोस्रो चरणमा कम्प्युटरसहितको प्राविधिक ज्ञानसम्बन्धी तालिम दिइएको थियो । तेस्रो चरणमा कम्प्युटरसहितका प्राविधिक ज्ञान र समुदायमा देखिएका समस्या पहिचान तथा समाधानका लागि गर्नुपर्ने कामबारे तालिम दिइएको थियो । तालिमपश्चात् यिनै २५ किशोरीसहितको राष्ट्रिय सम्मेलन– २०७८ शनिबारदेखि मंगलबारसम्म चलेको थियो । 

यी किशोरीले समाजमा बालविवाह, छाउपडी, लागुपदार्थ तथा दुर्व्यसनी नियन्त्रण, महिनावारी स्वच्छता, फोहाेरमैला व्यवस्थापन, विद्यालयका उमेरका विद्यार्थीलाई विद्यालयमा पढाउनेसहित अनलाइनबाट कसरी सुरक्षित हुनेलगायतका विषयमा आफ्नै ठाउँमा सामूहिक परियोजना सञ्चालन गर्ने गर्छन् । जसअनुसार विद्यालयमा वा टोलमा कोशोर–किशोरीबीच प्रशिक्षण र सचेतना कार्यक्रम नियमित रूपमा हुँदै आएको सहभागी समीक्षा शेर्पालीले बताइन् । हामीले इन्टरनेटको कसरी सुरक्षित गर्ने, फिसिङ, ह्याकिङ, साइबरक्राइमका विषयमा आफूहरूले सामुदायिक पुस्तकालयबाट प्रशिक्षण दिने उनले भनिन् । 

रिड नेपालका अध्यक्ष भोला श्रेष्ठका अनुसार ४३ जिल्लामा ६९ वटा सामुदायिक पुस्तकालय स्थापना भएका छन् । हरेक पुस्तकालयमा पाँच हजारभन्दा बढी पुस्तक रहेका छन् । उनका अनुसार यो कार्यक्रमको उद्देश्य किशोरीलाई सीप, ज्ञान र समुदायका समस्या पहिचान तथा समाधानमा दक्ष बनाउनु हो । 
 

ad
ad
ad
ad