मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी स्विकार्दैमा अमेरिकी प्राधिकार लागू हुँदैन : मन्त्री झाँक्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १७:२५:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकार नेपालमा लागू नहुने बताएकी छिन् । अरू धेरै देशले एमसिसी स्वीकार गरेको स्मरण गराउँदै झाँक्रीले प्रश्न गरिन्– ती देशहरूले कुरा नबुझेको हो त ? 

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा झाँक्रीले विश्वका विभिन्न देशले एमसिसी लागू गरे पनि नेपाली भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको बताइन् । 

एमसिसी अनुदान सहायता भएको उनको जिकिर छ । एमसिसीलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने उनको तर्क छ । उनले भनिन्, ‘एमसिसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा छलफल गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसिसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अरू देश पनि त छन् । उनीहरूले के कुरा नबुझेको हो ? हामी मात्रै सार्वभौमिकताको लागि चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसिसी संसदमा छलफल भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको दोहोर्याइन् । उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिइन् ।