वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बर्माको आइतबार निधन भएको उपचारमा सम्लग्न चिकित्सक हेमराज पनेरूले जानकारी दिए ।
९३ वर्षीय बर्मालाई निमोनिया भएको थियो । बर्मा २००६ सालदेखि नै निरन्तर कम्युनिस्ट पार्टीमा क्रियाशील थिए ।
उनी २००७ सालको क्रान्तिका एक योद्धा हुन् । ०४६ सालपछि उनले नेकपा (बर्मा) पार्टी गठन गरेका थिए । सप्तरीमा जन्मेका बर्मा काठमाडौंमा बस्दै आएका थिए ।