तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ काठमाडौंबाट पानीसहितको हेलिकाेप्टर लिएर दमौली प्रस्थान गरेका छन्। दमौली बजारको भोर्लेटार चोकमा भएकाे आगलागी अनियन्त्रित भएपछि मन्त्री श्रेष्ठ पानीसहितको हेलिकाेप्टर लिएर दमौली गएका हुन्।
भूपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो। आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकाेप्टरमा पानी लिएर दमौली गएका उनको सचिवालयले जनाएको छ।