१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १८ बुधबार १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेप्रति अध्यक्ष नेपालको टिप्पणी – ‘कुबुद्धि’ हटेपछि मात्रै संसद्को अवरोध अन्त्य हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १७:१८:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘कुबुद्धि’ हटेपछि मात्रै संसद्को गतिरोध अन्त्य हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेतर्फ इंगित गर्दै ‘कुबुद्धि’ हटेपछि मात्रै संसद्को अवरोध अन्त्य हुने बताएका हुन् । 

उनले सत्तापक्षले संसद् सुचारु गराउन ‘टुनामुना’ गरिरहे पनि सफल हुन नसकेको बताए । उनले एमाललेले संसद् अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै आउने चुनावमा यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए । 

‘जहिले कुबुद्धि सप्रिन्छ, तहिले अवरोध अन्त्य हुन्छ । सत्तापक्षले धेरै टुनामुना लगाइरहेको छ, काम लागेको छैन। यसले झनै आफ्नो प्र्तिष्ठा खस्काएको छ । लोकतान्त्रिक प्रतिबद्धताको प्रश्न खडा गरेको छ । जनताको विश्वासप्रति घात गर्ने काम भएको छ । यसको मूल्य उहाँले आउने चुनावमा तिर्नुपर्छ ।’