मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १४ शनिबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १४ शनिबार १४:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी आक्रमणबारे डकुमेन्ट्री बनाउन ओस्कार विजेता निर्देशक किभमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १४ शनिबार १४:३o:oo

अमेरिकी अभिनेता तथा निर्देशक सिन पेन युक्रेनको राजधानी किभ पुगेका छन् । अभिनेता तथा निर्देशक पेन रुसी आक्रमणबारे डकुमेन्ट्री बनाउन राजधानी किभ आएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ । 

दुईपटकसम्म ओस्कार अवार्ड विजेता पेन युक्रेन सरकारले राजधानी किभमा गरेको पत्रकार सम्मेलनमा देखिएका छन् । युक्रेनको राष्ट्रपति कार्यालको इन्स्टाग्राम एकाउन्टबाट पोस्ट गरिएको भिडियोमा पेन युक्रेनका राष्ट्रपति भ्लाेदाेमिर जेलेन्स्कीसँग देखिएका छन् । ‘निर्देशक (पेन) किभ आएका छन् । विशेष गरी, युक्रेनमा भइरहेका सबै घटनाको रेकर्ड गर्न र एक डकुमेन्ट्री निर्माताका हिसाबले रसियाले हाम्रो देशलाई गरेको आक्रमणको सत्यता विश्वलाई सुनाउन  उनी यहाँ आएका हुन्’, राष्ट्रपति कार्यालयले बिहीबार गरेको फेसबुक पोस्टमा भनिएको छ । ‘आज सिन पेन युक्रेनमा रहेर युक्रेनलाई समर्थन गर्नेहरूमध्ये एक हुन् । यस्तो साहस र इमानदारताका लागि हाम्रो देश उनीप्रति कृतज्ञ छ’, सो पोस्टमा भनिएको छ,‘पेनले यस्तो प्रकारको साहस देखाएका छन् जुन कैयौँ पश्चिमी राजनीतिज्ञलगायत धेरैसँग छैन ।’ 

पेनले गत नोभेम्बरमा युक्रेनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले युक्रेनका सैन्य अधिकारी तथा पत्रकारहरूसँग छलफल गरेको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ । ६१ वर्षीय निर्देशकले भाइस स्टुडियोका लागि डकुमेन्ट्री बनाउन लागेको बताइएको छ । उनी रसियाले युक्रेनका विभिन्न सहरमा आक्रमण गर्दैगर्दा युक्रेन पुगेका हुन् । 

सन् २०१८ मा पेन साउदी अरेबियाका पत्रकार जमाल खसोगीको हत्याबारे डकुमेन्ट्री बनाउन टर्की पुगेको बताइएको थियो । सो डकुमेन्ट्री रिलिज भने भएको छैन । अलजजिराबाट