मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार १५:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेल–प्रचण्ड भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १५:४१:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमसिसी संसदमा टेबुल भइसकेको र सत्तागठबन्धनभित्र मतभेद भइरहेका वेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटमा पौडेलले गठबन्धन जोगाउँदै एमसिसी पास गर्नुपर्नेमा जोड दिएका थिए। एमसिसी परियोजनाका कारण सत्तागठबन्धनमा नै खटपट देखिन थालेपछि पौडेलले गठबन्धनका शीर्ष नेतासँग भेटवार्ता अघि बढाएका हुन्। उनले आज नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए। प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव  नेपालले एमसिसीको पक्षमा नभएको बताएका छन् भने यादवले अझै आधिकारिक धारणा राखिसकेका छैनन्।