मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १ आइतबार २१:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार : एमाले (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार २१:३o:oo

प्रमुख विपक्षी एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। 

बैठकले सत्तागठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ । बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पोखरेलले सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए। 

पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकले महाभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताए ।