मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका वासिङ्टन
२o७८ माघ २९ शनिबार १२:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १२:२४:oo

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएका पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा 'कुनै पनि समय' आक्रमण गर्न सक्ने दाबी गरेका छन्।

मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको बताउँदै आएको छ। 'राष्ट्रपतिको निर्देशनमा अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२औँ एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी तीन हजार सिपाहीहरूलाई पोल्यान्ड पठाउन आदेश दिएका' एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इमेल गरेको विज्ञप्तिमा उल्लेख छ।

सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्ने र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ। 'एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्यान्डमा जाँदै छ, जुन यसअघि पठाइएको एक हजार सात सय सिपाहीहरूसँग सम्मिलित हुनेछ। अस्टिनले जर्मनीमा अर्डर गरेको १८औँ एयरबोर्न कोर्प्स मुख्यालयका ३०० सदस्यहरू पनि आइपुगेका बताइएको छ।

'पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नेटो सहयोगीहरूलाई गठबन्धनको पूर्वी भागविरुद्ध सम्भावित आक्रमणलाई रोक्नका लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ,' विज्ञप्तिमा थपिएको छ।

यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको संकेत भएको बताइन्। एएनआई/स्पुतनिक