१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखामा निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:४६:oo

गोरखाको सहिद लखन गाउँपालिका– ७ बुङकोटमा निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या बढ्दै गएको छ । चालू आथिक वर्ष ०७८–७९ को विनियोजित बजेटबाट निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएसँगै सेवा लिनेको संख्या बढेको हो ।

चालू आर्थिक वर्षको ६ महिनामा २० जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । गाउँपालिकाले कमजोर आर्थिक अवस्था भएका र स्वास्थ्य संस्थासम्म जान एम्बुलेन्स भाडा तिर्न नसकेर उपचारबाट वञ्चित रहेका ज्येष्ठ नागरिक, गर्भवती महिला र अपांगता भएका व्याक्तिहरूलई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको उनले बताए ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, गर्भवती महिला र ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई बुङकोटदेखि गोरखा अस्पतालसम्म जान एक हजार आठ सय रुपैयाँका दरले रकम उपलब्ध गराइएको हो । बुधबार एक कार्यक्रमबीच पहिलो चरणमा २० जनालाई रकम वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

बुंकाेट स्वास्थ्य चौकीको सिफारिसमा बिरामीलाई सेवा दिने गरिएको छ । यो कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुने उनले बताए । निःशुल्क एम्बुलेन्स सेवा सुरु भएसँगै बिरामीहरू स्वास्थ्य चौकी जाने र स्वास्थ्यकर्मीहरूसँग परामर्श लिने क्रम बढेको उनले बताए । जनप्रतिनिधि र स्थानीयहरूको सक्रियतामा स्वास्थ्यचौकी बुंकाेटमा ल्याब स्थापना भएको छ । त्यस्तै वडामा सुत्केरी महिलाहरूलाई प्रोत्साहन भत्ता पनि दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

ad
ad