ताप्लेजुङको फुङलिङ बजारमा बिजुली बनाउने क्रममा पोलबाट लडेर एकजनाको मृत्यु भएको छ। वीरेन्द्रचोकमा बिजुली बनाउने क्रममा पोलबाट लड्दा फुङलिङ नगरपालिका– ४ निवासी ४८ वर्षीय सूर्यप्रसाद लिम्बूको मृत्यु भएको हो।
ताप्लेजुङ विद्युत् वितरण केन्द्रमा कार्यरत लिम्बू सावधानीविना पोलमा चढेका बताइएको छ। पोलबाट लडेपछि उनलाई तत्काल जिल्ला अस्पताल पुर्याइए पनि अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए।