१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ २१ शुक्रबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
२०७८ माघ २१ शुक्रबार १३:११:००

बिहीबार रातिदेखि अविरल वर्षासँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–बुर्तिबाङ–निसीखण्ड अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका– ६ को सिपदेखि पाती हाल्नेसम्म लोकमार्ग अवरुद्ध भएको हो । हिमपातका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको निसीखोला गाउँपालिका– ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात परेको छ ।  हिमपातका कारण दैनिक काममा निस्कन र पशुचौपायाँलाई घाँस–दाना खुवाउन कठिनाइ भएको छ । हिउँले उच्च पहाडी क्षेत्र छपक्कै छोपेको छ । 

मध्यपहाडी लोकमार्गको बाग्लुङ घोडाबाँधेदेखि बुर्तिवाङ खण्डको ठाउँठाउँमा हिमपात भएको छ । हिमपात भएसँगै मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधे खण्डमा हिउँ खेल्न जानेहरूको भिड लागेको छ ।