१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख १९ बुधबार o६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स दाहाल कृषि फर्मका ब्रान्ड एम्बेस्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४७:oo

ब्याडमिन्टन खेलका अन्तर्राष्ट्रिय स्टार प्रिन्स दाहाल कृषि फर्म बन्जरा एग्रोको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । विराटनगर महानगरपालिका–१२ स्थित एग्रोले वार्षिक १० लाख रुपैयाँ र विदेश जाने–आउने दुईवटा टिकट दिने गरी दाहाललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो । 

बञ्जरा एग्रो प्रालिको विराटनगरस्थित कार्यालयमा जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन दाहाल र बन्जारा एग्रोका सञ्चालक संजय चापागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब प्रिन्स दाहालले खेल्ने जुनसुकै प्रतियोगितामा लगाउने टिसर्टको अगाडि दाहिनेपट्टिको छातीमा बञ्जरा एग्रोको लोगो हुनेछ । यस्तै, बन्जरा एग्रोले उत्पादन गरेका कृषिजन्य वस्तुमा स्टार खेलाडी प्रिन्सको फोटोसमेत टाँसिनेछ । 

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले  दाहाललाई सन् २०२४ हुने ओलम्पिकमा सहभागी गराउने बताए । उनका अनुसार प्रिन्सले आफ्नै प्रयासमा इतिहास रचेकोले अबका अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन संघले सहयोग गर्ने प्रतिबद्धता जनाए ।  बञ्जरा एग्रो विराटनगरका सञ्चालक युवा उद्यमीहरू गजेन्द्र शर्मा बञ्जरा तथा संजय चापागाईं हुन् । आठ करोडभन्दा बढी लगानी भएको एग्रोले पशुपालन, कृषि, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन गर्छ । 

प्रिन्सको अन्तर्राष्ट्रिय ब्याटमिन्टन यात्रा
नेपाली ब्याडमिन्टन स्टार दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेर इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगलतर्फ उनी विश्व वरीयतामा १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा परेका छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको पहिलोपटक हो । 

ad
ad