१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तरदेशीय विद्युत् व्यापार वृद्धि गर्न विश्व बैंकको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२१:oo

विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले अन्तरदेशीय प्रसारण लाइन बनेर विश्वसनीय ऊर्जा उपलब्ध भएमा कार्बन उत्सर्जन घटाउन पनि सहयोग पुग्ने बताएका छन् ।

विश्व बैंकले आयोजना गरेको क्षेत्रीय ऊर्जा व्यापारबारे आयोजना गरेको भर्चुअल छलफलमा उनले अन्दरदेशीय विद्युत् व्यापार अझै पनि न्यून रहेको र यसलाई वृद्धि गर्न आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताए । न्यून कार्बन र ग्रिन ऊर्जालाई प्राथमिकता दिएमा दक्षिण एसिया क्षेत्रमा मात्रै २०३० सम्ममा ५० लाख नयाँ रोजगारी सिर्जना हुने उपाध्यक्ष सेफरको भनाइ छ ।  

नेपाल, भारत, भुटान र बंगलादेशबीच अहिले ६ दशमलव ४ गिगावाट विद्युत् व्यापार हुने गरेको छ । दक्षिण एसियाली देशबीच अन्तरदेशीय विद्युत् व्यापार हुन सकेको खण्डमा वस्तुको मूल्य घट्ने, विश्वसनीयता वृद्धि हुने उनको भनाइ छ । 

ad
ad