मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १४ शुक्रबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातले एक महिनादेखि मनाङ सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ माघ १४ शुक्रबार १४:१६:००

हिमपातले बेंसीसहर–चामे सडकअन्तर्गत मनाङको सडक अवरुद्ध बनेको छ। हिमपातका कारण मनाङको चामेदेखि मनाङ ङिस्याङ गाउँपालिका– ९ खाङसारसम्मको सडक गत पुस १४ देखि अवरुद्ध छ।

सडकमा जमेको हिउँ पन्छाउन नसक्दा सडक अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए। उनले भने, ‘सडकमा बाक्लो हिउँ जमेकाले चामेदेखि माथिल्लो मनाङसम्म सवारी गुड्न सकेको छैन। सडकमा सवारी गुड्न नसकेपछि स्थानियलाई आवतजावतमा समस्या परेको छ।’ सडक अवरुद्ध हुँदा खाद्यान्न, निर्माण सामग्रीलगायतको ढुवानी हुन सकेको छैन।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार चामेदेखि मनाङको खाङसरसम्मको सडक पूरै हिउँले ढाकेको छ। निरन्तरको हिमपातले मनाङको तापक्रम माइनस १४ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ।