Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १२ बुधबार १८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : गण्डकीबाट गठबन्धनका सबै उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १८:५०:००

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ गठबन्धनका उम्मेदवार कांग्रेसकी कमला पन्त, अन्यमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादी केन्द्रकै भुवन सुनार विजयी भएका हुन् । 

पन्तले तीन हजार ४८ मतभार प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी एमालेका लीला पोखरेल थनेतले दुई हजार ७२७ मत ल्याइन् । 

अन्य समूहमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सुरेशकुमार आलेमगरले तीन हजार ९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले दुई हजार ६९४ मत ल्याए । 

दलिततर्फ माओवादी केन्द्रका भुवन सुनारले तीन हजार ४८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले दुई हजार ७२४मत ल्याए ।
प्रदेश सभा सदस्य निर्वाचनमा स्थानीय तहका दुई जनप्रतिनिधिले मतदान गरेनन्।