१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका ओखलढुंगा
२o७८ माघ १० सोमबार o८:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डोजरले लडाएको ढुंगाले गुडिरहेको जिपलाई किच्दा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार o८:४२:oo

 गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का सात वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए । जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको श्रेष्ठले बताए । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी काठमाडौं पठाउने तयारी भइरहेको छ ।