गायन रियालिटी सो ‘द भ्वाइस अफ किड्स’मा क्षितिज पौडेल टप १६ मा पुग्न सफल भएका छन् । उनी ब्लाइन्ड अडिसन, ब्याटल अडिसन र लाइभ अडिसन पार गर्दै टप १६ सम्म पुग्न सफल भएका हुन् ।
हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार प्रसारण हुने कार्यक्रममा उनले अन्य प्रतिस्पर्धीभन्दा फरक प्र्रस्तुति दिँदै आइरहेका छन् । उनले ‘रातोरानी फुलेझैँ साँझमा, कान्छीलाई घुमाउने काठमाडौं सहर, लालीगुराँस वनैभरि रमाइलो, टुङ्नाको धुनमालगायत बोलका गीत गाएर धेरैको मन जितेका छन् ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका सैँपु स्थायी घर भएका पौडेल कलङ्कीस्थित पिनाकल स्कलर्स एकेडेमीमा कक्षा चारमा अध्ययरत छन् ।