१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Monday, 01 July, 2024
२o७८ पौष १७ शनिबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कैदी फरार प्रकरण : भागेका कैदीसहित सातजनाविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार १३:३१:oo

दाङको घोराही कारागारका कैदी यमराज परियारलाई भगाएको भन्दै सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ। भागेका  कैदी परियारसहित तत्कालीन जेलर युवराज परियार, कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रसेन ठकुरी,  प्रहरी हवल्दार गणेशकुमार थारू, प्रहरी जवान धनबहादुर चौधरी, भगाउन प्रयोग गरिएका दुई युवतीविरुद्ध मुद्दा दर्ता भएको हो।

उनीहरुविरुद्ध कैदी भागे–भगाएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कारागारका जेलर अमर वलीले जानकारी दिए। कैदी भगाउन  सहयोग गरेको अभियोगमा पक्राउ परेका कारागारका तत्कालीन जेलर युवराज परियार भने छुटेका छन्। उनी जमानीमा छुटेको जेलर वलीले बताए। उनलाई आवश्यक परेका वेला उपस्थित हुने गरी अदालतको आदेशमा छोडिएको हो। कैदी फरार रहेपछि तत्कालीन जेलर परियारलाई  जिल्ला प्रशासन कार्यालयमा तानिएको थियो। उनी आइतबारदेखि कार्यालयमा हाजिर हुने बताइएको छ। शुक्रबार नै उनलाई छोडिएको हो। अन्य ६ जना भने जेलमै छन्।

गत ८ पुसमा प्रहरीकै मोटरसाइकल लिएर कैदी यमराज परियार फरार भएका थिए। उनले कारागारभित्र हुँदा नै मोवाइल प्रयोग गर्ने, एटिएम चलाउनेलगायतका सुविधा पाउँदै आएकोसमेत अनुसन्धानबाट खुलेको छ। फरार रहेका उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए। प्रेमीका हत्या गरेको ठहर गर्दै जिल्ला अदालत दाङले २० वर्ष कैद सजाय सुनाएको थियो। सोहीअनुसार सात वर्ष कैद भुक्तान भएपछि उनी फरार भएका छन्।

ad
ad
ad
ad