१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

‘ऐला/’को ब्रान्डिङ गर्दै महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o७:४५:oo

काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थको ब्रान्डिङ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेका कारण महानगरले यसको ब्रान्डिङ सम्भाव्यता अध्ययन सुरु गरेको हो । 

नेवाः समुदायमा जन्म–मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) प्रयोग गर्ने प्रचलन छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्रान्डिङ गरेर विश्वसमक्ष पु¥याउने सम्भावनालाई महानगरले अध्ययनबाट हेर्न लागेको हो । यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो ।

कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघ–संस्थाका प्रतिनिधिको प्रतिक्रिया बुझ्न र यससम्बन्धी सूचना संकलन गर्न महानगरले आइतबार छलफल कार्यक्रम आयोजना गरेको थियो । ‘मदिरा ऐनले यस्ता वस्तुको प्रवद्र्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिकजस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’ पुस्ताले व्यावहारिक शिक्षाका रूपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ । यसो नहुँदा स्तरीय उत्पादनका लागि पुर्खाले प्रयोग गरेको सीप थाहा हुँदैन । उनले, संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए । 

छलफलमा ज्यापु महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधि सहभागी थिए । उनीहरूले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिएका थिए । उनीहरूले महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरणमा योगदान पुग्ने प्रतिक्रिया दिए । ‘कानुनी समस्या छन् । महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकाले आवश्यकताका आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ ।’ उनीहरूले भने, ‘सांस्कृतिक तथा भोजका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठूलो सहयोग हुनेछ ।’

सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका दर्ता प्रवद्र्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ । यस्तो उत्पादन बेचबिखन गर्न भने पाइँदैन । ब्रान्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । 

ad
ad
ad
ad