१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा मकवानपुरबाट शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १८:१८:oo

१३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरको मनहरी गाउँपालिकाबाट एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेती रहेका छन्।

उनलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। शिक्षक उप्रेतीले आफैँले अध्यापन गराउँदै आएको विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी परेको प्रहरी प्रमुख रिजालको भनाइ छ।

पक्राउ परेका शिक्षक उप्रेतीलाई अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको उनले बताए। बालिकाले शिक्षक उप्रेतीले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै आइतबार नै प्रहरीमा उजुरी दिएकी थिइन्।

यसअघि बालिकाले १६ असारमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै विद्यालयका प्रधानाध्यापकलाई निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा विद्यालयमा छलफल गरी इलाका प्रहरी कार्यालय मनहरीमा खबर गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए।

आरोपित शिक्षकलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिजालले बताए। उनका अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा मकवानपुरमा १४ वटा बाल यौनजन्य घटना भएका छन्।
 

ad
ad
ad
ad