१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जयसवाल जिम्मेवारीमुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १८:४१:oo

बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत अधिकृत सातौँ तहका हरिओमप्रसाद जयसवाल जिम्मेवारीबाट हटाइएका छन्।

जयसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त भएको समाचार १२ असारमा नयाँ पत्रिका दैनिकको डिजिटल संस्करणमा प्रकाशन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो।

मंगलबार मन्त्रालयले जयसवाललाई जिम्मेवारीबाट हटाउँदै सिम्रौनगढ नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारी अधिकृत सातौँ तहका वीरेन्द्रप्रसाद साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

सिम्रौनगढ नगरपालिकामा कार्यरत रहँदा जयसवालले नगरप्रमुखसँग आफू आदर्श कोतवाल गाउँपालिकामा काज सरुवा भई जाने तयारी भएको तथा आदर्श कोतवालले सहमति-पत्र दिएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयमा पठाउन आग्रह गरेका थिए। सोहीअनुसार सिम्रौनगढका नगरप्रमुख किशोरीप्रसाद कलवारले ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० को पत्र दिएकोमा जयसवालले सो पत्र किर्ते गरी आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि नगरपालिकाले सहमति दिएको भन्दै ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाटै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका थिए।

जयसवालले मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारेका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो पत्रको आधिकारिकता नहेरी उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको थियो। 

सिम्रौनगढ नगरपालिकाको पत्र किर्ते गरी जयसवालले मन्त्रालयमा बुझाएको थाहा भएपछि मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। उनले भने, ‘वीरेन्द्रप्रसाद साह त्यस नगरपालिकामा कार्यरत रहेका कर्मचारीमध्ये सबैभन्दा उच्च तहको कर्मचारी रहेको हुँदा उनलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।’

०७८–७९ मा सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा जयसवाललाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। केही समयअघि मात्रै सो मुद्दामा उनलाई सफाइ दिइएको भए तापनि उनीविरुद्ध अहिले पनि अख्तियारले १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको सिम्रौनगढ नगरपालिकाका एक कर्मचारीले जानकारी दिए।

ad
ad
ad
ad