Skip This
पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
रासस धनुषा
२o८१ असार २० बिहीबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, धनुषा
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १८:२१:oo

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो। 

आज दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाले जानकारी दिए। मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन्।

बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए। तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad