मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Tuesday, 11 February, 2025
२o८१ असार २० बिहीबार १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १८:३३:oo

रारा तालमा पौडी  खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ। तालको पूर्वी भागमा पर्ने ठाकुरनाथनजिकै किनारमा पौडी खेल्दै गर्दा छाँयानाथ रारा नगरपालिका–५ कार्कीबाडाका २१ वर्षीय शिशिरजंग रावलको डुबेर मृत्यु भएको हो।

मृतक रावल रारा ताल वरिपरि निर्माणाधीन अवस्थामा रहेको साइकल लेनमा काम गर्दै थिए। अन्य चारजना साथीहरूसँगै पौडी खेल्ने क्रममा रावलको डुबेर मृत्यु भएको उनका काका नरेन्द्र  रावलले जानकारी दिए।

दिउँसो २ बजेको घटनाबारे जानकारी  पाउनेबित्तिकै नेपाली सेनाको हनुमानध्वज गुल्मबाट २ वटा  डुंगासहित नेपाली सेना घटनास्थल पुगेको थियो। रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी तालबाट शव बाहिर निकालिएको प्रहरीले जनाएको छ।

शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुगु ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।