१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १७ सोमबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक डम्बर खतिवडालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o७:५o:oo

राज्य सञ्चालनमा छाया सरकार गठनको प्रभाव कस्तो हुन्छ ?
संसदीय लोकतन्त्रमा छाया सरकार अर्थात् ‘स्याडो क्याबिनेट’ विश्वव्यापी प्रचलन हो । यसको सुरुवात संसदीय राजनीतिको जननी मानिने बेलायतबाट भएको हो । प्रतिपक्षमा रहेको दलले छाया सरकार बनाएर आफ्ना सदस्यलाई निश्चित मन्त्रालयका गतिविधि नियाल्ने जिम्मेवारी दिएर उनीहरूलाई अनुभवी बनाउने र भविष्यमा सरकार चलाउने अवसर आएमा सो अनुभवको उपयोग गर्ने उद्देश्य राखेको हुन्छ । जिम्मेवार प्रतिपक्ष भएको अवस्थामा उसले मन्त्रालयका विषयमा रचनात्मक सरसल्लाह दिनकै लागि पनि यस्तो सरकार बनाउँछ । यसमा सत्तापक्ष र प्रतिपक्षको संस्कार र सम्बन्धले पनि भूमिका खेलेको हुन्छ । 

नेपालमा छाया सरकारको संस्कृति किन स्थापित हुन नसकेको होला ?
हामीकहाँ छाया सरकार खासै प्रभावशाली नदेखिएको हुनाले यसको संस्कृति स्थापित हुन नसकेको हो । यहाँ छाया सरकार पनि कति नै पो बनेका छन् र ? ०४८ पछि मनमोहन अधिकारीले छाया सरकार गठन गरेर त्यसको अभ्यास गर्नुभएको थियो । त्यसपछि हामीकहाँ लामो या पूर्ण अवधिको प्रतिपक्ष नभएर पनि होला, यहाँ छाया सरकारको अभ्यास खासै देखिएन । पछिल्लो समयमा कांग्रेसले त्यो अभ्यास गरेको भए पनि ऊ पनि छिटै सत्तामा गयो । त्यसैले, छाया सरकार पनि रहेन । 

यसपटक कांग्रेसले छाया सरकार गठन गर्न किन आलटाल गरेको होला ?
कांग्रेस स्वयंलाई कति समय प्रतिपक्षमा बस्नुपर्ने हो भन्ने पत्तो छैन । ५ वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने गरी प्रस्ट बहुमतको सरकार बनेको भए उसले सायद पहिल्यै त्यस्तो छाया सरकारको अभ्यास गरिसक्ने थियो । तर, प्रतिपक्षीको कार्यकालकै टुंगो नभएकाले उसले चासो नदिएको हुन सक्छ । 

ad
ad
ad
ad