१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १७ सोमबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोल–डिजेलको भाउ वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o६:२१:oo

नेपाल आयल निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलमा दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान पाँच रुपैयाँ प्रतिलिटर बढाएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६७ र डिजेल तथा मट्टीतेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले आइतबार दिउँसो पेट्रोल २.४१ रुपैयाँ र डिजेल ४.९१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि तराईमा पेट्रोल एक सय ६४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल एक सय ५४ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ६६ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ५६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

ad
ad
ad
ad