१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Sunday, 29 September, 2024
२o७८ पौष ६ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीबाट रौतहटमा एक बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १७:o५:oo

रौतहटको फतुवा विजयपुर नगरपालिकामा आगलागी हुँदा एक बालिकाको ज्यान गएको छ। आगलागीबाट अर्का एक बालक घाइते भएका छन् भने लाखौँबराबरको क्षति भएको छ। घाइते बालकको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि अस्पताल पठाइएको छ।

फतुवा विजयपुर–१ बरगिनिया गाउँका मदन यादवको घरमा मंगलबार दिउँसो २ बजे अचानक आगलागी भएको हो। खरको छानो भएको यादवको घरमा लागेको आगो छिमेकी जोखु यादवको घरसम्म सल्कँदा उनकी ३ वर्षीया छोरीको जलेर घटनास्थलमै मृत्यु भएको हो। जोखु यादवका छोरासमेत घाइते भएका वडाध्यक्ष संजय साहले जानकारी दिए।