१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ पौष ५ सोमबार २१:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुराका जिसस प्रमुख भट्टको निधनमा अमरगढीमा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ पौष ५ सोमबार २१:२८:००

डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधन भएको छ । एक्कासि बेहोस भएपछि उनलाई गत २८ मंसिरमा उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । 
चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए । उपचारकै क्रममा उनको सोमबार निधन भएको छ । ५० वर्षीय भट्ट कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । 
भट्टको निधनमा शोक व्यक्त गर्दै मंगलबार अमरगढीमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले बताए । मंगलबार नगरमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण कार्यालय, शैक्षिक संस्था बन्द रहने उनले बताए ।