मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Thursday, 19 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ मङ्सिर २४ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै कोसी राजमार्गमा चक्का जाम 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार १४:२२:oo

खोला किनारमा अर्धनग्न अवस्थामा मृत भेटिएका १४ वर्षीय बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै मोरङमा आफन्त र स्थानीयले कोसी राजमार्गमा चक्काजाम गरेका छन्। एक महिनाअघि घरबाट हराएका बालक अर्धनग्न अवस्थामा मृत भेटिएपछि छानबिनको माग गर्दै स्थानीयले राजमार्गमा आज शुक्रबार एक घन्टा चक्काजाम गरेका हुन्।

२२ कात्तिकमा खेल्ने क्रममा घरबाट हराएका बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढाका बालक निश्चल राय दुई दिनपछि खोलामा मृत फेला परेका थिए। स्थानीयले बिहान सवा एघार बजेदेखि सवा बाह्र बजेसम्म प्रर्दशनसहित चक्काजाम गर्दा कोसी राजमार्गमा सवारीको लामो जाम लागेको थियो।

माउन्ट मनासलु इंग्लिस बोर्डिङ स्कुल दुहबीमा कक्षा ८ मा पढदै गरेका निश्चलको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै २१ मंसिरमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। यस्तै, २२ मंसिरमा स्थानीयले जिल्ला प्रशासन मोरङमा धर्ना दिएका थिए। चरणबद्ध आन्दोलनको घोषणा गरेका स्थानीय र आफन्तले  २७ मंसिरमा दुई घन्टा र २८ मंसिरमा तीन घन्टा चक्काजाम गर्ने बताएका छन्। त्यसपछि पनि बालकको मृत्युको रहस्य पत्ता नलगाए १ पुसमा बुढीगंगा गाउँपालिका र विराटनगर बजार बन्द गराउने र २ पुसमा मोरङ जिल्लाभरि आमहड्ताल गर्ने उनीहरूको तयारी छ। स्थानीयले १७ मंसिरमा मृत्युको रहस्य पत्ता लगाउन माग गर्दै विराटनगरमा अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।  

आफन्त र स्थानीयले निश्चलको मृत्यु रहस्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, शव परीक्षणसहित अनुसन्धानको रिपाेर्ट सार्वजनिक गर्नुपर्ने, मृतक बालकलाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ।