१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Sunday, 29 September, 2024
२o७८ मङ्सिर २० सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पाैडेलको अपिल : राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय होऔँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार १८:४o:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रियताका साथ लाग्न अपिल गरेका छन्। 
सोमबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले यस्तो अपिल गरेका हुन्। प्रदेश अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै नेता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ नेपाली कांग्रेसको रूपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन म हार्दिक अनुरोध गर्दछु।’

लोकतान्त्रिक अभ्यासमा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निरुत्साहित नभई इतिहासमै कमजोर देखिएको कांग्रेसलाई सिद्धान्त र आदर्शअनुरूप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन पनि नेता पौडेलले अनुरोध गरेका छन्।