मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १४ मंगलबार १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत सरकारको सहयोगमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १२:३५:oo

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई विद्यालयको भवनको उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरूको उद्घाटन गरिएको भारतीय राजदूतावासले जनाएको छ।

खलंगाको तिंकरमा अवस्थित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ भवन एक करोड २७ लाख रुपैयाँ तथा महाकालीको धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ भवन  दुई करोड ३३ लाख रुपैयाँमा निर्माण गरिएको हो। भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका दुवै विद्यालयका भवनको आइतबार भारतीय राजदूतावासकी नियोग उपप्रमुख नामग्य सी. खम्पालगायतले उद्घाटन गरेका हुन्।

मोती महिला संघ प्राथमिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन्। हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन्।  नवनिर्मित यी विद्यालय भवनले ग्रामीण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्‍याउने अपेक्षा लिइएको छ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । हालसम्म चार सय ५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन्।