१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले स्थायी समिति बैठकमा अध्यक्षका दाबेदार भीम रावलको फरक मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १८:२२:oo

दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले स्थायी समिति बैठकमा फरक मत राखेका छन् । महाधिवेशनको संघारमा उपाध्यक्ष रावलले प्रतिनिधि चयनको विषयलाई लिएर फरक मत राखेका हुन् । 

रावलले तीन दिनअघि पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । अध्यक्ष केपी ओलीले रावलले उम्मेदवारी घोषणा गर्ने क्रममा आफूलाई विश्राम लिनका लागि स्नेहभाव दर्शाएको भन्दै मंगलबार स्वागत गरेका थिए । तर, मंगलबारकै बैठकमा आफ्नो मतको कुनै सुनुवाइ नभएको भन्दै फरक मत राखेर रावलले उम्मेदवारी फिर्ता नलिने स्पष्ट संकेत गरेका छन् ।

‘कैलाली निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएकोप्रति विरोध जनाई १२ सय २३ पार्टी सदस्यहरूले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य बन्द गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्मत प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।’ रावलले मंगलबारको स्थायी समिति बैठकमा दर्ज गरेको फरक मतमा भनेका छन् ।

ad
ad
ad
ad