१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मौका पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिनुहुँदैन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:३१:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका– ४ मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने दाबी गरे।

नेतृत्वको कारण कम्युनिस्टहरूले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उनले बताए। ‘शेरबहादुर देउवासँग व्यक्तिगत रूपमा कुनै गुनासो छैन, तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ। मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन।’

उनले १४औँ महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताए।  विधि र प्रक्रियाका लागि आफूले सधैँ पार्टीभित्र आवाज उठाउँदै आएको भन्दै उनले जनताका मुद्दा तत्काल समाधान गरी लोकतन्त्र जोगाउने पार्टीको रूपमा कांग्रेसलाई कायम राख्न आफूले सभापतिमा उम्मेदवारी दिने बताए।

ad
ad