१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

आतंककारी हमलामा परी बुर्किनाफासोमा ३२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o६:oo

बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ। हमलामा परी २८ सैनिकसहित ३२ जना मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरू चारजना सर्वसाधारण नागरिकको ज्यान गएको हो। बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए।

आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन्। सो क्षेत्रमा आतंककारीहरूले पछिल्लो समय बारम्बार हमला गर्दै आएका छन्। रासस/सिन्ह्वा

ad
ad