मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक ७ आइतबार १३:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १३:३३:oo

टर्कीका राष्ट्रपति रिकेप तेइप एर्दोगनले अमेरिकासहित पश्चिमा देशका दश राजदूतलाई देश निकाला गर्न विदेश मन्त्रालयलाई आदेश दिएका छन्। एर्दोगनले अमेरिकासहित फ्रान्स, जर्मनी, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, क्यानडा, डेनमार्क, फिनल्यान्ड र स्विडेनका गरी दशजना राजदूतलाई निष्कासित गर्ने आदेश दिएका हुन्। 

‘मैले हाम्रो विदेश मन्त्रालयलाई यी दश राजदूतहरूलाई जतिसक्दो छिटो ‘पर्सोना नन् ग्राटा’ घोषणा गर्ने आदेश दिएको छु,’ राष्ट्रपति एर्दोगनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ। ‘उनीहरूले टर्कीबारे थाहा पाउनुपर्छ र बुझ्नुपर्छ। टर्कीलाई बुझ्न नसकेको खण्डमा उनीहरूले तत्काल टर्की छाड्नुपर्छ,’ राजदूतहरूलाई आरोप लगाउँदै एर्दोगनले भनेका छन्।  

यी दश देशले व्यवसायी तथा नागरिक अगुवा ओसम्यान काभालाको रिहाइका लागि सामूहिक रूपमा अपिल गरेका थिए। काभाला सन् २०१७ देखि जेलमा छन्। उनलाई सन् २०१३ को देशव्यापी विरोध प्रदर्शनमा आर्थिक सहयोग गरेको र २०१६ मा भएको असफल ‘कु’मा संलग्न रहेको आरोपमा सन् २०१७ देखि एर्दोगन प्रशासनले जेलमा राखेको छ। तर, काभालाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।