१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक २ मंगलबार o६:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार o६:४८:oo

धनकुटाको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक धनकुटाको प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज शिलान्यास गरेका छन् । प्रदेश सरकारको लगानीमा कालोपत्रे हुन लागेको उक्त सडकको मुख्यमन्त्री आचार्यले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । सडकको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक कालोपत्रे भएपछि त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा टेवा पुग्ने बताए ।

ऐतिहासिक विशेषता बोकेको उक्त सडक हुँदै पूर्वकै चर्चित पर्यटकीयस्थल हिले हुँदै धार्मिक स्थल छिन्ताङदेवी मन्दिर, पर्यटकीय स्थल त्रिवेणीघाटलगायतका विभिन्न स्थानमा पुग्न सकिन्छ । अब सडकको स्तरोन्नतिसँगै कालोपत्रे भएपछि पर्यटकीयस्थल हिले हुँदै भक्तजनहरूलाई पूजाआजा गर्न र पर्यटकहरूलाई घुम्नका लागि आवतजावतमा सहज हुने मुख्यमन्त्री आचार्यले बताए । 

प्रायः वर्षभरि नै सो क्षेत्रमा सवारीसाधन सञ्चालन हुँदै आएको भए पनि वर्षातकाे समयमा यात्रुहरू र स्थानीयहरूले सास्ती भोग्दै आएका छन् । तर, अब कालोपत्रे भएपछि स्थानीय नागरिकहरूलाई आवतजावतमा सहज हुनुका साथै सो क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुहरू निकासीमा पनि सहज हुने भएको छ । हिलेदेखि त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये पहिलो चरणमा प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय विराटनगरको आयोजनामा १० किलोमिटर सडक कालोपत्रे हुनेछ । उक्त सडक रायमाझी आजाद जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ ।

हिलेबाट १० किलोमिटर सडक कालोपत्रे गर्न २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ ३१ पैसा रकम विनियोजन गरी सम्झौतासमेत गरिसकिएको प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय विराटनगरका निमित्त प्रमुख दीपनारायण शाहले बताए । ०७८ असोज ६ गते सम्झौता गरिएको उक्त सडक ०७९ चैत ६ गतेभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको आयोजनाका निमित्त प्रमुख शाहले बताए । सडकको शिलान्यास कार्यक्रममा संघीय सांसद राजेन्द्रकुमार राई, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानलगायतको सहभागिता रहेको थियो ।