१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ असोज १२ शनिबार o८:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

श्रीलंकाका पूर्वराष्ट्रपति  गोटावाय लुम्बिनीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o८:o३:oo

श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षे लुम्बिनी भ्रमणमा आएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले पूर्वराष्ट्रपतिलाई स्वागत गर्दै लुम्बिनीलाई लक्षित गरी श्रीलंकाबाट गौतम बुद्ध विमानस्थलमा नियमित उडानको पहल गरिदिन अनुरोध गरेका छन् ।   

उक्त अवसरमा कोषका सदस्यसचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतिको भ्रमणले उत्साही बनाएको बताए । त्यस्तै, वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलंकन मन्दिरको पुनर्निर्माणका लागि अनुरोध गरे ।

श्रीलंकनहरू लुम्बिनीमा निकै श्रद्धाका साथ आउने भएकाले पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । परिवारसहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरेका छन् ।